scheduleबिहिवारमाघ ८ गते, २०७७

यूरोपा लिग फुटबलमा टोटनहाम र आर्सनलको सहज जीत, लेस्टरले बराबरी खेल्यो

 

काठमाडौं, १२ मङ्सिर । युइएफए यूरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति सम्पन्‍न खेलमा दुई इंग्लिस क्लबले‌ जीत निकालेका छन् । टोटनहाम र आर्सनल आ-आफ्नो खेलमा विजयी रहँदा अर्को इंग्लिस क्लब लेस्टर सिटी भने बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनहामले लुडोगोरेट्सलाई ४-० ले हरायो । टोटनहामको जीतमा कार्लस भिनिसियसले दुई तथा ह्‍यारी विंक्स र लुकास मोउराले १-१ गोल गरे ।

जीतसँगै समूह जे मा रहेको टोटनहामको ४ खेलबाट ९ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको एमट्वेर्पको पनि समान अंक छ तर गोलअन्तरमा अगाडि रहेको छ । लुडोगोरेट्स भने अंकविहीन रहँदै पुछारमा छ ।

यस्तै समूह बी को खेलमा आर्सनलले मोल्डेलाई ३-० ले हराएको छ । आर्सनलको जीतमा निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले १-१ गोल गरेका हुन् ।

अपराजित रहेको आर्सनल ४ खेलबाट १२ अंकसहित शीर्षस्थानमा रहेको छ भने मोल्डे ६ अंकसहित दोस्रोमा छ ।

त्यसैगरी समूह जी को खेलमा अर्को इंग्लिस क्लब लेस्टर सिटीले भने ब्रागासँग ३-३ गोलको बराबरी खेलेको छ । रोमाञ्‍चक खेलमा लेस्टरले अन्तिम मिनेटमा गोल गर्दै हारबाट जोगिएको हो ।

चौथो मिनेटमा एक गोलले पछि परेको लेस्टरले नवौं मिनेटमा खेल बराबरीमा ल्यायो । २४औं मिनेटमा पाउलिन्होले गोल गर्दै ब्रागालाई पुनः अग्रता दिलाए । त्यसपछि ७८औं मिनेटमा थोमसले गोल गर्दै लेस्टरलाई पुनः खेलमा फर्काए ।

९०औं मिनेटमा ब्रागाका फ्रान्सर्जियोले गोल गरेपछि ब्रागा जितनजिक पुगेको थियो तर जेमी भार्डीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै लेस्टरलाई हारबाट जोगाए ।

बराबरीपछि लेस्टरको ४ खेलबाट १० अंक भएको छ र शीर्षस्थानमा छ भने ब्रागा ७ अंकसहित दोस्रोमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay