scheduleमगलवारमाघ ६ गते, २०७७

गुल्मीमा जीप दुर्घटना हुँदा पाँचजनाको ज्यान गयो

गुल्मी, १२ मङ्सिर । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्‍ने स्थानमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार जीपमा चालकसहित ९ जना सवार थिए ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको जनाइएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरु उद्दारमा जुटेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay