scheduleमगलवारमाघ १३ गते, २०७७

नेकपा सचिवालय बैठक शनिबार बस्दै, प्रचण्डको प्रस्तावको जवाफ दिने तयारीमा ओली

काठमाडाैं, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ ।

कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव तयार पारेका छन् ।

ओलीले आफु निकटका सचिवालय सदस्य, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेर प्रस्तावको जवाफ दिने तयारी गरेको स्रोतले बताएको छ ।

गत कात्तिक २८ गतेको बैठकमा अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीप्रति आरोपसहितको राजनीतिक प्रस्ताव पेश गरेका थिए । मंसिर ३ गते बसेको सचिवालय बैठकमा ओलीले आफुले अर्को बैठकमा राजनीतिक प्रस्ताव राख्ने जानकारी दिएपछि दश दिनपछि बस्ने गरी बैठक स्थगित भएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay