scheduleसोमवारमाघ १२ गते, २०७७

थुनुवा फरार भएपछि चितवन कारागारको सुरक्षा व्यवस्था थप कडा

चितवन, १२ मङ्सिर । कारागार कार्यालय चितवनबाट एक जना थुनुवा फरार भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । कारागार प्रशासन र स्थानीय प्रशासनले कारागारको सुरक्षा व्यवस्था थप कडा बनाएको हो ।

कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । उनी बिहीबार साँझ ५ः३० बजे कारागारको पर्खाल नाघेर भागेका थिए । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थुनुवा भाग्नु अघिनै कोरोना कहरका कारण कैदी बन्दीलाई भेटघाटमा रोक लगाइएको थियो । श्रेष्ठ भागेपछि कारागारको सुरक्षामा खटिएका प्रहरीहरुलाई चनाखो हुन निर्देशन दिइएको छ । आफ्नो जिम्मेवारीमा रहँदा जतिसुकै आवश्यक काम भए पनि अर्को व्यक्तिले जिम्मेवारी नसम्हालेसम्म काम नछोड्न कडा निर्देशन दिइएको काफ्लेले जानकारी दिए । श्रेष्‍ठ बिहीबार सुरक्षाकर्मी परिवर्तन हुने समयमा भागेका थिए । कारागारमा नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था लागू गरिएको छ ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको यस कार्यालयमा केही बन्दीको चापका कारण समस्या आइरहने गरेको छ । यस कारागारमा हाल दुई आश्रित बालबालिकासहित ७०२ जना कैदी बन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला कारागारमा ५६ जना र २५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ६४४ जना रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay