scheduleमगलवार आश्विन ५ गते, २०७८

भारतीय क्रिकेट खेलाडीलाई जरिवाना तिराइयो

एजेन्सी, १३ मङ्सिर । अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीका खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद‍्ले कारवाही गरेको छ । शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा ‘स्लो ओभर रेट’ का कारण म्याच फी बाट २० प्रतिशत रकम जरिवाना तिराइएको हो ।

आइसिसीका इलिट प्यानलका म्याच रेफ्री डेभिड बुनका अनुसार विराट कोहलीको कप्तानीमा रहेको भारतले निर्धारित समय भन्दा एक ओभर ढिला गरेको हुँदा कारवाही गर्नुपरेको हो । जसका कारण म्याच फी बापतको रकमबाट सबै खेलाडीको २० प्रतिशत रकम काटिएको छ ।

आइसिसीको नियम २.२२ का अनुसार एक ओभर निर्धारित समयभन्दा ढिला भएमा २० प्रतिशत म्याच फि रकम काटिने गर्दछ । कप्तान कोहलीले पनि यस गल्ती स्वीकार गरेका छन् ।

उक्त खेलमा भारत ६६ रनले पराजित भएको थियो जससँगै तीन खेलको श्रृंखलामा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार सिड्नीमै हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय