scheduleबुधवारमाघ १४ गते, २०७७

बस र मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गयो

दाङ, १३ मङ्सिर । दाङमा शनिबार बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–२ कुमलगढीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा१ख २११० नंको बस र पश्चिमतर्फ जाँदै गरेको लु४१प २१३ नंको मोटरसाइकल ठोक्किँदा रोल्पा त्रिवेणी गाउँपालिका–९ निवासी २३ वर्षीय किरण पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पुनको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

साथै मोटरसाइकलको पछाडि सवार रहेका सल्यानको शारदा नगरपालिका–२ निवासी २१ वर्षीय लक्ष्मण बोहराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । उनको अवस्था सामान्य छ ।

बसलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay