मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिको हेलिकप्टरमार्फत उद्दार
बाग्लुङ, १३ मङ्सिर । बागलुङको बडिगाड गाउँपालिका–२ स्थित लोकमार्गमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
ललितपुर घर भई गलकोट आएका किरात लामाले चलाउँदै आएको ध १ प २६०७ नंको मोटरसाइकल दुर्घटना हुँदा लामा गम्भीर घाइते भएका हुन् ।
गम्भीर घाइते लामाको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।
लामाको टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेको छ । मोटरसाइकलमा दुई जना सवार भए पनि एक जना सकुसल भएको प्रहरीको भनाइ छ । मोटरसाइकल ६० मिटर तल खसेको थियो ।