अस्ट्रेलिया र भारतबीचको दोस्रो एकदिवसीय खेल आज, भारतलाई जित्नैपर्ने दबाब
काठमाडौं, १४ मङ्सिर । अस्ट्रेलिया र भारतबीचको तीन खेलको एकदिवसीय श्रृंखलाअन्तर्गतको दोस्रो खेल आइतबार हुँदै छ ।
खेल नेपाली समयअनुसार विहान ९:२५ पछि सिड्नीमा सुरु हुनेछ ।
पहिलो एकदिवसीयमा भारतलाई ६६ रनले हराएको अस्ट्रेलियाले श्रृंखलामा १-० को अग्रता लिइसकेको छ ।
भारतलाई भने यो खेल जित्नैपर्ने दबाब रहेको छ । यदि भारत यस खेलमा पनि पराजित भएमा एक खेल खेल्नुअगावै श्रृंखला अस्ट्रेलियाले जित्नेछ ।
एकदिवसीय श्रृंखलापछि भारत र अस्ट्रेलियाबीच तीन टी-२० र चार टेस्ट पनि हुनेछन् ।
न्युजिल्यान्ड र वेस्ट इन्डिज तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको टी-२० पनि आजै:
यता न्युजिल्यान्ड भ्रमणमा रहेको वेस्ट इन्डिजलाई पनि आझ हुने दोस्रो टी-२० खेलमा जित्नैपर्ने दबाब रहेको छ । खेल नेपाली समयअनुसार अहिले विहान पौने ७ बजेदेखि सुरु हुँदैछ । पहिलो खेलमा घरेलु टोली ५ विकेटले विजयी भएको थियो ।
यस्तै दक्षिण अफ्रिका भ्रमणमा रहेको इंग्ल्यान्डले आज साँझ हुने दोस्रो टी-२० मा जीत निकाल्दै श्रृंखला कब्जा गर्न चाहन्छ । खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । पहिलो टी२० मा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो ।