scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिगमा बर्नलीमाथि सिटीको शानदार जीत, माहरेजले गरे ह्‍याट्रिक

काठमाडौं, १४ मङ्सिर । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति सम्पन्‍न खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नलीलाई ५-० को फराकिलो अन्तरले हरायो ।

सिटीको जीतमा अल्जेरियन विंगर रियाद माहरेजले ह्‍याट्रिक गरेका थिए भने बेन्जामिन मेन्डी र फेरान टोरेसले १-१ गोल गरे ।

माहरेजले खेलको छैटौं मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ‌। २२औंं मिनेटमा उनैले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि ४१औं मिनेटमा मेन्डीले गोल गरे र पहिलो हाफमा सिटीले ३-० को आरामदायी अग्रता लियो ।

दोस्रो हाफको ६६औं मिनेटमा टोरसले गोल गर्दै गोलअन्तर अझ फराकिलो पारे । ६९औं मिनेटमा माहरेजले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जीतसँगै ९ खेलबाट १५ अंक भएको सिटी अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ भने पराजित बर्नली ९ खेलबाट ५ अंकसहित १८औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय