scheduleबिहिवारमाघ १५ गते, २०७७

काठमाडौँ आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेंग्हे

काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे एयर चाईनाको विमानमार्फत् त्रिभुवन विमानस्थल अवतरण भएका छन् । नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् ।

चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर समेत रहेका वेई विभानस्थलबाट सिधैं बालुवाटारस्थित चिनियाँ दूतावास जाने छन् ।

चिनियाँ रक्षामन्त्री वेईले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । यस्तै उनले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay