संघीयता खारेजीको माग गर्दै माइतीघरमा जनमोर्चाको प्रदर्शन
काठमाडौं, १४ मंसिर । संघीयता खारेज गर्नुपर्ने लगायतका माग राख्दै राष्ट्रिय जनमोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
मुलुक संघीयतामा गएकै कारण देश आर्थिक रुपमा कमजोर हुँदै गएको भन्दै जनमोर्चाले एकात्मक मुलुकको मागका साथ आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।
प्रर्दशनमा सहभागीहरुले संघीयता चाहिदैन देश टुक्राउन पाइदैन पाइदैन भन्दै नारा लगायतका थिए । त्यस्तै उनीहरुले कोराना नियन्त्रण र रोकथाम तथा उपचारका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
कोरोनाको रोकथामका लागि सरकारले प्रभावकारी कदम नचालेकै कारण संक्रमितको संख्या बढेको उनीहरुको आरोप छ ।
जनमोर्चाले छिमेकी मुलुकहरुले नेपालको भूमि अतिक्रमण गरेको भन्दै अतिक्रमित भूमि फिर्ताका लागि सरकारले गम्भीर भएर वार्ता गर्नुपर्ने माग पनि अघि सारेको छ ।