आइतबार काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना पुष्टि
काठमाडौं, १४ मंसिर । काठमाडौं उपत्यकामा आइतबार थप ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका छन् ।
हालसम्म काठमाडौंमा ८७ हजार २७८ जना, भक्तपुरमा ७ हजार ८९० जना र ललितपुरमा १३ हजार १४९ जना कोरोना संक्रमित रहेका छन् । यससंगै उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ८ हजार ३१७ पुगेको छ ।
आज १ हजार २५५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ जना पुगेको मन्त्रालयले जनाएको छ ।