scheduleबिहिवारमाघ ८ गते, २०७७

भारतविरुद्धको एकदिवसीय श्रृंखला एक खेलअगावै अस्ट्रेलियाको पक्षमा

काठमाडौं, १४ मङ्सिर । भारतविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला एक खेल खेल्नुअगावै अस्ट्रेलियाले जितेको छ । आइतबार सिड्नीमा सम्पन्‍न दोस्रो एकदिवसीय खेलमा भारतलाई ५१ रनले हराउँदै अस्ट्रेलियाले श्रृंखलामाथि कब्जा गरेको हो ।

अस्ट्रेलियाले दिएको ३९० रनको विशाल लक्ष्य पछ्याएको भारतले पूरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३३८ रन मात्र बनाउन सक्यो । कप्तान विराट कोहलीले ८९ तथा केएल राहुलले ७६ रन बनाएपनि जीतका लागि पर्याप्त रहेन । अन्य ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन् । श्रेयस अय्यरले ३८, शिखर धवनले ३०, मयंक अग्रवाल र हार्दिक पन्ड्याले समान २८ रन बनाए ।

अस्ट्रेलियाका प्याट कमिन्सले ३, जोश हेजलवूड र एडम जाम्पाले २-२ तथा मोइसेस एनरिक्स र ग्लेन म्याक्सवेलले १-१ विकेट हात पारे ।

यसअघी टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले आज पनि उत्कृष्ट सुरुवात गरेको थियो । ओपनरद्वय एरन फिन्च र डेभिड वार्नरले १४२ रनको साझेदारी गरे । वार्नरले ८३ र फिन्चले ६० तथा स्टिभ स्मिथले १०४ रनको शतकीय पारी खेलेपछि अस्ट्रेलिया विशाल योगफलतर्फ अग्रसर बनेको थियो ।

त्यसैगरी मार्नस लबुशानले ७० र अन्त्यतिर ग्लेन म्याक्सवेलले अविजित रहँदै ६३ रनको विस्फोटक पारी खेलेपछि अस्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३८९ रन बनाएको थियो ।

जीतसँगै अस्ट्रेलिया आइसिसी सुपर लिगमा पनि शीर्षस्थानमा उक्लन सफल भएको छ । कुल पाँच एकदिवसीय खेलेको अस्ट्रेलियाले चारमा जीत निकाल्दै ४० अंक बटुलेको छ भने दोस्रो स्थानको इंग्ल्यान्डले ६ खेलमा ३० अंक जोडेको छ ।

भारतले भने योसँगै पछिल्ला ५ एकदिवसीय खेलहरुमा लगातार हार व्यहोरेको छ । तेस्रो तथा अन्तिम खेल बुधबार क्यानबेरामा हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay