सोमबार थपिए १४७४ कोरोना संक्रमित, २९ जनाको मृत्यु
काठमाडौं, १५ मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९३१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको २ लाख १४ हजार ५२१ पुगेको छ ।
थप २९ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ५०८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल आइशोलेशनमा १७ हजार ४२३ जना छन् भने ५३५ जना क्वारेन्टाइनमाा छन् । नेपालमा हालसम्म १७ लाख ३७ हजार ७४७ वटा पिसिआर गरिएको छ ।