scheduleबिहिवारमाघ ८ गते, २०७७

प्रिमियर लिग: साउथह्‍याम्पटनमाथि युनाइटेडको शानदार जीत, काभानीको दुई गोल

काठमाडौं, १५ मङ्सिर । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्‍न खेलमा म्यान्चेस्टर युनाइटेडले शानदार जीत निकालेको छ ।

साउथह्‍याम्पटनको घरेलु मैदानमा भएको खेमा युनाइटेड २-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३-२ ले जित्‍न सफल भएको हो ।

खेलको २३औं मिनेटमा जान बेडनारेकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा जेम्स वार्ड प्राउसले गोल गरेपछि साउथह्‍याम्पटनले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको ५९औं मिनेटमा ब्रुनो फर्नान्डेस तथा ७४औं मिनेटमा सब्सचिट्युट खेलाडी एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए । त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा पुनः काभानीले गोल गरेपछि युनाइटेडले शानदार पुनरागमनमार्फत खेल जितेको हो ।

जीतसँगै ९ खेलबाट १६ अंक जोडेको युनाइटेड सातौं स्थानमा उक्लिएको छ भने पराजित साउथह्‍याम्पटनको १० खेलबाट १७ अंक छ र पाँचौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay