scheduleमगलवारमाघ १३ गते, २०७७

कुकुरसँग खेल्दाखेल्दै बाइडेन घाइते, ट्रम्पद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौं, १५ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नै कुकुरसँग खेल्दाखेल्दै घाइते भएका छन् । बाइडेनका निजी चिकित्सकहरुद्वारा आइतबार दिइएको जानकारीअनुसार उनको खुट्टामा ‘हेयरलाइन फ्रयाक्चर’ भएको छ ।

उनले केही हप्तासम्म ‘वाकिङ बुट’ लगाउनुपर्ने चिकित्सकहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बाइडेनले ‘मेजर’ नामको कुकुर पालेका छन् । मेजरसँग खेल्नेक्रममा उनी चिप्लिएका हुन् ।

‘प्रारम्भिक एक्सरेमा फ्रयाक्चर’ नदेखिएपनि विस्तृत क्लिनिकल परीक्षणमा हेयरलाइन फ्रयाक्चर देखिएको थियो,’ उपचारमा संलग्न एक चिकित्सकले आइतबार जानकारी दिए ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आइतबार साँझ एक ट्वीट सन्देशमार्फत् स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay