scheduleआइतवारमाघ ११ गते, २०७७

हराएको चार सातापछि शव भेटियो

प्रतिकात्मक तस्बिर

 

नुवाकोट, १५ मंसिर । गत कार्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृत्त अवस्थामा भेटिएका छन् ।

८७ वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिन अघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ ।

जङ्गल जाने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको र परीक्षणको क्रममा चार साताअघि हराएका तिमिल्सिनाको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay