scheduleमगलवारमाघ १३ गते, २०७७

सुनको भाउको ओ‌रालो यात्रा, तोलामा ७ सय घट्यो

काठमाडौं, १५ मंसिर । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार ओरालो लागिरहेको छ ।

सोमबार तेजावी सुनको तोलामा ७ सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन र चाँदीको भाउ ६ सय रुपैयाले घटेको थियो भने चाँदी १५ रुपैयाँले घटेको थियो ।

आइतबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

आइतबार १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार १ सय २० मा झरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay