scheduleसोमवारमाघ १२ गते, २०७७

रोल्पा पुगेर अनन्तले भने- अध्यक्षद्वयले सल्लाह गरून्, युवा सरकार र पार्टी दुवैको नेतृत्व लिन तयार छ

रोल्पा, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले अध्यक्षद्वयले सहमतिमा निर्णय गरे युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् ।

ऊर्जामन्त्री समेत रहेका पुनले रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३/११ केभी सबस्टेशनको सोमबार बिहान उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । उनले अध्यक्षद्वयले त्याग गरेर अभिभावकको रुपमा स्थान दिएर सम्मानित गर्ने बताए ।

‘दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्,’ उनले भने, ‘हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं । र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।’

नेकपा विवाद उत्कर्षतिर पुग्दा केपी ओली समूहले नेतृत्व हस्तान्तरणको प्रस्ताव अगाडि बढाएको छ । ओली समूहको उक्त प्रस्तावप्रति दाहाल-नेपाल समूह सकारात्मक देखिएको छैन । यद्यपि, सोही समूहका प्रभावशाली नेताले सोमबार रोल्पा पुगेर भने, ‘यो विवेकले, प्रक्रियासम्मत ढंगले पार्टीले निर्णय गर्ने विषय हो ।’

नेता पुनले नेतृत्व हस्तान्तरणगर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय नभएको तर्क गरे । उनले नेकपाभित्रको बहसले पार्टी थप बलियो हुने दावी गरे । उनले भने, ‘छलफल, संघर्ष, एकता रुपान्तरण भनेको कम्युनिस्ट पार्टीभित्रको एउटा प्रक्रिया हो ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay