कर्पोरेट-पे सेवा सुरु गर्दै मेगा बैंक
काठमाडौं, १५ मंसिर । मेगा बैंक नेपालले ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ सेवा प्रणालीको सुरुवात गर्ने भएको छ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बैंकले व्यावसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत रकम स्थानान्तरण र तलब भुक्तानीका साथै भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत सेवा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।