scheduleसोमवारमाघ ५ गते, २०७७

प्यालेस्टाइनी अस्पताललाई इयूको एक करोड डलर सहयोग

एजेन्सी, १५ मङ्सिर । यूरोपेली संघ (इयू) ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरस कारण प्यालेस्टिनी स्वास्थ्य क्षेत्रको समस्याबीचमा ईयूले ठूलो सहयोग दिने भएको छ ।’

पूर्वी जेरूसलमका प्यालेस्टाइन अस्पतालहरूले पश्चिमी किनार, पूर्वी जेरूसलम र गाजा पट्टीका हजारौं प्यालेस्टाइनलाई आधुनिक तथा उत्कृष्ट स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सहयोग राशिको घोषणा गरिएको हो ।

इयूका अधिकारी बर्जस्क्रफले भने, ‘कोभिड–१९ सङ्क्रमण महामारीको बीचमा भएको यस योगदानले अस्पताललाई प्यालेष्टिनी जनताका लागि आफ्नो सेवाहरू सञ्चालन गर्न सहयोग गर्ने विश्वास इयूले गरेको छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay