scheduleमगलवारमाघ ६ गते, २०७७

विकसित देशले घुँडा टेके पनि हामीले गर्व गर्न लायक सेवा गरेका छौं : मन्त्री ढकाल

चितवन, १५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन् ।

भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए ।

‘खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछु’, उनले भने, ‘खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।’

मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै उनले भने, ‘आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् । तर हामीले गरेको सेवा गर्भ गर्न लायक रहेको छ ।’

‘कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको छ’, उनले भने, ‘कुनै जात, धर्म, लिङ्ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।’ सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay