scheduleसोमवारमाघ १२ गते, २०७७

चोटका कारण हाजार्ड कम्तीमा तीन साता बाहिर

एजेन्सी, १६ मङ्सिर । बेल्जियम राष्ट्रिय फुटबल टोली एवम् स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड इडेन हाजार्ड पुनः चोटग्रस्त भएपछि कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् ।

हाजार्डले डेर्पोटिभो अलाभ्सविरुद्ध २–१ ले पराजित भएको खेलमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । दाँया खुट्टामा फेमोरिस मस्कल चोटका कारण हाजार्डले खेलको २८औं मिनेटमा मैदान छाडेका थिए । २०१९ को ग्रीष्म ट्रान्सफरमार्फत प्रिमियर लिग क्लब चेल्सीबाट मड्रिड आएयता २९ वर्षीय हाजार्डको यो सातौं इन्ज्युरी हो ।

आइतबार अल्ट्रासाउन्ड र सोमबार एमआरआइ स्क्यानपछि उनको चोट पुष्टि भएको थियो । मड्रिडको मेडिकल टोलीका अनुसार उनको दाँया खुट्टामा फेमोरिस चोट रहेको र क्रमिक सुधार हुदै गएपनि पुर्ण रुपमा फिट हुन भने तीन साता लाग्‍ने छ ।

चोटसँगै हाजार्डले च्याम्पियन्स लिगको दुई तथा स्पेनिस लालिगाको दुई महत्वपुर्ण खेल गुमाउने छन् । रियलले मंगलबार राति च्याम्पियन्स लिगमा साख्तर डोनेट्स्क, शनिबार ला लिगामा सेभिया, ९ डिसेम्वरमा च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेनग्लाडबाक र १२ डिसेम्बरमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघिको चोटबाट पूनरागमन गर्दै हाजार्डले लालिगामा भिल्लारियल र च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्ध खेलेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay