scheduleमगलवारमाघ १३ गते, २०७७

प्रिमियर लिग: लेस्टर सिटी फुलहामसँग घरमै पराजित, वेस्टह्‍यामले भिल्लालाई हरायो

काठमाडौं, १६ मङ्सिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्‍न खेलहरुमा फुलहाम र वेस्टह्‍याम युनाइटेड विजयी भएका छन् । फुलहामले लेस्टर सिटी र वेस्टह्‍यामले एस्टन भिल्लालाई समान २-१ गोलअन्तरले हराएका हुन् ।

लेस्टर सिटीलाई उसैको मैदानमा पराजित गर्ने क्रममा फुलहामका एडेमोला लूकम्यान र इभान काभालेइरोले १-१ गोल गरे । लेस्टरका हार्वे बार्नसले सान्त्वना गोल फर्काए ।

खेलको ३०औं मिनेटमा लूकम्यान र ३८औं मिनेटमा काभालेइरोले पेनाल्टीमार्फत गोल गरेपछि फुलहामले पहिलो हाफमै २-० को अग्रता बनाएको थियो । त्यसपछि ८६औं मिनेटमा बार्नसले गोल फर्काउँदै लेस्टरको आशा जगाएपनि थप गोल भने हुन सकेन र लेस्टर नतिजा सुम्पन बाध्य भयो ।

योसँगै लगातार दोस्रो हार व्यहोरेको लेस्टर सिटी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा यथावत् छ भने फुलहाम ७ अंकसहित १७औं स्थानमा उक्लिएको छ ।

त्यसैगरी अर्को खेलमा वेस्ट ह्यामले घरेलु मैदानमा एस्टन भिल्लालाई २-१ ले हराएको हो । वेस्टह्यामका लागि एन्गलो ओगबोना र जारोड बवेनले १-१ गोल गरेका थिए ।

दोस्रो मिनेटमा नै ओगबोनाको गोलमार्फत वेस्टह्‍यामले अग्रता लिएको थियो । २५औं मिनेटमा भिल्लाका ज्याक ग्रिलिसले बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुवाती मिनेटमै बवेनले गोल गरेपछि खेलमा पुनः वेस्टह्‍यामले अग्रता लिएको थियो । त्यसपछि भिल्लाले थप गोल गर्न नसक्दा खेल वेस्टह्‍यामले जित्यो ।

जीतसँगै १० खेलबाट १७ अंक जोडेको वेस्टह्याम पाँचौं स्थानमा उक्लिएको छ भने १५ अंक भएको एस्टनभिल्ला १०औं स्थानमा झरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay