scheduleमगलवारमाघ १३ गते, २०७७

नेपालका ‘ए’ डिभिजन क्लबले एएफसीका प्रतियोगिता खेल्न नपाउने

काठमाडौं, १६ मङ्सिर । नेपालका १३ वटा ‘ए’ डिभिजन क्लबहरुले एसियली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने भएका छन् ।

सन् २०२१ का ‘ए’ डिभिजन क्लबका १३ टोली क्लब लाइसेन्सका लागि आवश्यक मापदण्ड पुरा गर्न नसकेकै कारण एफसीले सबैको आवेदन खारेज गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । गत वर्ष पनि एएफसीले नेपाली क्लबहरुको आवेदनलाई खारेज गरेको थियो ।

एएफसीको फस्र्ट इन्स्टेन्स बडी (एफआइबी) ले नेपाली क्लबको डकुमेन्टको आधारमा यो निर्णय गरेको एन्फाले जनाएको छ । क्लब लाइसेन्स पाउन नसकेपछि नेपाली क्लबले २०२१ मा पनि एएफसीका कुनैपनि प्रतियोगिता खेल्न पाउने छैनन् ।

२०२० मा पनि सबै क्लबको आवेदन खारेज हुदा नेपाली क्लब एएफसीको प्रतियोगिता खेल्नबाट वञ्चित बनेको थियो । ‘ए’ डिभिजनमा १४ क्लव रहेपनि सरस्वती युथ क्लव ‘बी’ डिभिजनमा घटुवा हुदा आवेदन दिएको थिएन । अन्यको कागजपत्र पर्याप्त नभएको भनिएको छ ।

क्लब लाइसेन्सिङको मापदण्ड पुरा नगरेपनि गत वर्ष मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप खेल्न पाएको थियो । तर पछि एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको थियो । क्लब लाइसेन्स नभएकै कारण ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले एएफसी कपको छनोट चरण खेल्न पाएन ।

एएफसीले क्लब लाइसेन्सको लागि मुख्य गरी ५ बुँदे मापदन्ड तोकेको छ । तीन बुँदाभित्र १९ वटा सहायक बुदा छन् । जसमा क्लबहरुको स्पोर्टिङ गतिविधि, एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियल अनुबन्ध लगायत छन् । अर्को कानूनी प्रक्रिया हो । यस्तै क्लबको वार्षिक बजेट, अडिट रिपोर्टदेखि कर चुक्ताको प्रमाण पनि पेश गर्नुपर्नेछ ।

क्लबहरुको आफ्नै रंगशाला हुनुपर्ने, एकेडेमी, खेलाडीको होस्टेल, प्रशिक्षणस्थल रहनुपर्ने मापदण्ड छ । यस्तै क्लबको आफ्नै युथ स्तरका दुई टिम र ग्रासरुट कार्यक्रमहरु समावेश गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay