scheduleसोमवारबैशाख ६ गते, २०७८

यसरी भएको थियो इरानका परमाणु वैज्ञानिक फाखरिदेहको हत्या

एजेन्सी, १६ मङ्सिर । इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्याबारे इरानले तथ्य सार्वजनिक गरेको छ ।

फाखरीदेहको हत्या इजरायल र निर्वासित विपक्षी समूहले रिमोटबाट नियन्त्रित बन्दुक प्रहार गरेर गरेको इरानले जनाएको छ ।

मोहसिनको गत शुक्रबार राजधानी तेहरान नजिकैको अबसार्ड शहरमा गोली हानी हत्या भएको थियो । उनको तेहरानमा सोमबार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिको क्रममा इरानका सुरक्षा प्रमुख अलि शामखानीले आक्रमणकारीले इलेक्ट्रोनिक उपकरण प्रयोग गरेको दाबी गरे । शामखानीले भनेका छन्, ‘उनको सुरक्षाका लागि आवश्यक उपाय गरिएको थियो, तर दुश्मनहरुले बिल्कुलै नयाँ तरिका अपनाए । दुर्भाग्यवश हाम्रा दुश्मनहरु यसमा सफल भए । यो निकै जटिल मिसन थियो, किनभने यसमा इलेक्ट्रोनिक उपकरण प्रयोग गरिएको छ ।’

उनले यो हत्यामा यहुदी शासन र मोसादसँगै निर्वासित इरानी विपक्षी समूह मुजाहिदिन–ए खाल्क (एमकेओ) संलग्न रहेको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay