scheduleसोमवारमाघ ५ गते, २०७७

बाँकेमा दुई समूहबीच झडप हुँदा एकजनाको ज्यान गयो

बाँके, १६ मङ्सिर । बाँकेको जानकी गाउँपालिकामा सोमबार बेलुका दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

जानकी गाउँपालिका वडा नं. ५ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परी स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्णिमाको अवसरमा सोमबार बेलुका गाउँमा लागेको मेलामा पुगेका यादव समूहले पुरानो रिसीबीका कारण गुप्ता समुहका एक व्यक्तिमाथि बेलुका ६ बजेतिर कुटपिट गरेका थिए ।

त्यसपछि थप व्यक्तिहरुसहित पुगेका दूई समुहका बीचमा हात, खुट्टाका साथै लाठी, भाटाले समेतले कुटाकुट भएको जनाइएको छ ।

घाइते ९ जनाको बाँकेमा उपचार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay