लगातार घटेको सुनको मूल्य बढ्यो
काठमाडाैं, १६ मंसिर । लगातार घटेको सुनको मूल्य मंगलबार बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको हो । सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० ले बढेर ९० हजार ५०० पुगेको छ ।
सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला ५०० ले वृद्धि भएको हो ।
यस्तै, चाँदी प्रतितोला एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा ३५ ले वृद्धि भएको हो । रासस