बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु
काठमाडौं, १६ मंसिर । नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित ९ जनै सदस्यहरुको सहभागिता रहेको छ ।
आजको सचिवालय बैठकमा मङ्सिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि अन्य सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।
कात्तिक २८ गतेको बैठकमा प्रचण्डले १९ पेज लामो प्रस्ताव ल्याएका थिए भने १३ गतेको सचिवालय बैठकमा ओलीले ३८ पेज लिखित प्रतिवेदन ल्याएका थिए । उनले प्रचण्डका आरोपहरुलाई ५२ बुँदामा खण्डन गरेका थिए ।
यो पनि
प्रधानमन्त्रीका दुःखः पेरिसडाँडामा भर्याङ र धुम्बाराहीमा सुरक्षाको डर, बालुवाटारमा भने बिन्दास !