बाल यौन दुराचारी क्रिश्चियन प्रहरी नियन्त्रणमा
काठमाडौं, १६ मंसिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक बाल यौन दुराचारी विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार पक्राउ पर्नेमा फ्रान्सका एक कम्प्युटर इन्जिनियर रहेका छन् । उनलाई प्रहरीले सोमबार विभिन्न सूचनाको आधारमा पोखरा-१७ को बिरौटा पावर हाउसस्थित फुस्रेखोला बगरबाट पक्राउ गरेको हो ।
गैर-पर्यटन भिसामा नेपाल आएका ६० वर्षीय क्रिश्चियन सर्ग हेन्री नोउगारेटले उक्त स्थानमा १३, ८ र ७ वर्षका तीनजना नाबालकलाई यौन शोषण गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ परेका उनी बालयौन दुरुपयोग तथा अप्राकृतिक मैथुनको कसुरमा कारबाही अगाडि बढाउन मंगलबार जिप्रका कास्कीलाई बुझाइएको छ । प्रहरीले नाबालकहरुलाई अभिभावकको जिम्मा लगाइएको जनाएको छ ।