नेकपा सचिवालय बैठक पुनः बुधबार बस्नेगरी सकियो
काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो १ बजे सुरु भएको बैठक अपरान्ह सकिएको हो ।
बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि औपचारिक/अनौपचारिकरुपमा धारणा राख्नेक्रम जारी रहेको र बैठक पुनः बुधबार दिउँसो १ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले स्थायी समितिको पूर्वनिर्धारित बैठकबारे नयाँ निर्णय नगरिएको बताए ।
अध्यक्षद्वयको प्रस्ताव र नेकपा विवादबारे औपचारिक/अनौपचारिक छलफल श्रृंखला जारी रहने उनले बताए । आजको बैठकमा अध्यक्षद्वयले आफ्नो धारणा राखेपछि अन्य नेताहरुले टिप्पणी गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।