scheduleबिहिवारमाघ १५ गते, २०७७

नन्दा सिंहसँग लगनगाँठो कस्दै रमेश प्रसाई

काठमाडाैं, १६ मंसिर । प्रखर वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंहबिच विहे हुने भएको छ । ताप्लेजुङ निवासी प्रसाईले कालिकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्न लागेका हुन्।

प्रसाई र सिंहको बिहे मंसिर २२ मा तय भएको रमेशका मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्। रमेशका साथी जीवनले पनि रमेशसँगै एकै मण्डपमा विहे गर्ने जनाएका छन् ।आफ्नो मित्रतालाई कायम राख्दै उनीहरुले एकै मण्डपमा एकै दिन विहे गर्ने निर्णय गरेका हुन् ।

प्रसाई पछिल्लो समय गायकका रुपमा समेत स्थापित भएका छन् । उनले हालसालै गाएको ‘रिंकी बुन्को रागोलाई’ बोलको ‘कभर संङ्ग’ले उनलाई थप चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आबद्ध छन् । उनी दोहोरी गीतमा पनि अब्बल मानिन्छन् ।

नन्दा र रमेश दुवै जना दृष्टिविहीन हुन्। नन्दाले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन्। उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay