scheduleसोमवारमाघ १२ गते, २०७७

भिजन पेपरका आधारमा अघि बढ्छुः अध्यक्ष गोल्छा

काठमाडौं, १६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपरका आधारमा महासंघले आफ्नो गतिविधि अघि बढाउने बताएका छन् ।

निर्यात व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ दिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले केहि दिनभित्र भिजन पेपर सार्वजनिक गर्ने पनि जानकारी दिए । अध्यक्ष गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी सरकारसँग महासंघले पहल गर्ने पनि उल्लेख गरे । गोल्छाले महासंघलाई एकतावद्ध भएर अघि बढ्ने जानकारी पनि दिए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निर्यातलाई प्रवर्द्धनमा देखिएका समस्या सामाधानका लागि महासंघ गम्भीर भएर लाग्ने बताए ।

केहिवर्ष अघि राम्रो देखिएको निर्यात घट्दै जानुको कारण पहिल्याउन सरकारसंग छलफल गरिने उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay