scheduleमगलवारमाघ १३ गते, २०७७

चीन र भारतबीच व्यापार सम्बन्धका लागि नेपाल ‘ब्रिज’ बन्न सक्छः डा. महत

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने बताए ।

नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको बताए । महतले नेपालले भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने उल्लेख गरे ।

भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको उनको भनाई छ । त्यस्तै, चीनसँग पनि नेपालको सिमा विवाद रहेको उनले बताए ।

महत्तले भारत र चीनको सम्बन्ध सुधार गर्नपनि नेपालले पनि भूमिका खेल्न सक्ने तर्क गरे ।

उनले भारत र चीनबीच आर्थिक सम्बन्धको लागि नेपालले प्रभावकारी भूमिका खेल्न सक्ने र व्यापार सम्बन्ध बढाउनको लागि नेपाललाई एउटा ‘ब्रिज’को रुपमा अघि बढाउन सकिने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay