scheduleआइतवारमाघ ४ गते, २०७७

ओली नआउने अर्को बैठक बालुवाटारमा कि धुम्बाराहीमा ?

काठमाडौं, १९ मंसिर । बुधबार बोलाइएको नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने बताएका छन् । उनले मंगलबार बैठकबाट निस्कँदै ‘यस्तो बैठकको काम छैन र म आउँदिन’ भनेर निस्किएसँगै नेकपाको अर्को बैठक अन्यौलमा परेको छ ।

ओली नआउनुको अर्थ ओली समूहको बहिस्कार हो भने पार्टी गम्भीर संकटमा फस्ने देखिन्छ । ओली नआए पनि अन्य नेताहरु बैठकमा आए भने बैठकले अर्कै मोड लिन सक्छ ।

यसैबीच बुधबारको बैठक बालुवाटारमै बस्ने कि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भन्ने बारे अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहमा भने अन्यौल देखिएको छ ।

‘भोलि बिहानभरी दुवै पक्षसँग परामर्श गरेर बैठकस्थल तय हुन्छ,’ उक्त समूहका एक नेताले भने, ‘हामी मंगलबार पनि धुम्बाराहीमै बैठक चाहन्थ्यौं, ओलीजीकै कारण बैठक बस्न सकेन ।’

मंगलबारको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले लामो समयदेखिको मौनता तोड्दै पार्टी फुटे हिजोको एमाले सँगै नहुने सन्देश स्पष्टरुपमा दिए पनि ओली समूह थप संकटमा फसेको छ ।

प्रचण्डविरुद्धको ३८ पृष्ठको दस्तावेजमा ओलीले माधव नेपाल र पूर्वएमालेलाई आक्रमण नगरेर मौनता साँधेका थिए । उनले पूर्वएमाले समूहको बहुमत रहेको भन्दै प्रचण्डविरुद्ध धम्कीपूर्ण भाषा बोलेका थिए ।

मंगलबार नेपालले दिएको अभिव्यक्तिसँगै नेकपा फुटेमा खासगरी पूर्वएमाले फुट्ने देखिएपछि ओली समूह थप संकटमा फसेको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay