scheduleसोमवारमाघ १२ गते, २०७७

अस्ट्रेलिया र भारतबीचको तेस्रो एकदिवसीय खेल आज

काठमाडौं, १७ मङ्सिर । अस्ट्रेलिया र भारतबीचको तीन खेलको एकदिवसीय श्रृंखलाअन्तर्गतको तेस्रो तथा अन्तिम खेल आइतबार हुँदै छ ।

खेल नेपाली समयअनुसार विहान ९:२५ पछि क्यानबेरामा सुरु हुनेछ ।

पहिलो एकदिवसीयमा भारतलाई ६६ रनले हराएको अस्ट्रेलियाले दोस्रो खेलमा पनि ५१ रनको जीत दर्ता गर्दै एक खेलअगावै श्रृंखला जितिसकेको छ ।

भारतलाई भने यो खेल प्रतिष्ठाको लडाइँ एवम् आइसिसी विश्‍वकप सुपर लिगमा अंकको खाता खोल्‍ने मौका हुनेछ । अस्ट्रेलियाले भने यस खेल जित्‍दै श्रृंखला क्लिनस्वीप गर्न चाहन्छ ।

यस खेलमा बाँयाहाते स्टार ब्याट्सम्यान डेभिड वार्नर र तीव्रगतिका बलर प्याट कमिन्स उपलब्ध हुने छैनन् । चोटका कारण वार्नर आराममा छन् भने कमिन्सलाई पनि टेस्टका लागि शारीरिक एवम मानसिक रुपले तयार राख्‍नका लागि आराम दिइएको छ ।

एकदिवसीय श्रृंखलापछि भारत र अस्ट्रेलियाबीच तीन टी-२० र चार टेस्ट पनि हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay