scheduleसोमवारमाघ १२ गते, २०७७

नेपाल आउँदै कतार ओलम्पिक कमिटीका महासचिव

काठमाडौं, १७ मंसिर । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अल्बुनइन नेपाल आउने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार महासचिव जसिम आज नेपाल आइपुग्नेछन् ।

महासचिव जसिमसँगै कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल पनि हुनेछ । कतारी प्रतिनिधि मण्डल एक दिने भ्रमणमा नेपाल आउन लागेको हो । भ्रमणको दौरान कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्नेछ ।

यस्तै प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछ । कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ ।

यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल आज नेपाल आउन लागेको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay