राजावादीहरूद्वारा जनपक्षीय गीतको दुरुपयोग
काठमाडौं, १७ मंसिर । कुनैबेला निरंकुश राजतन्त्रविरुद्धका आन्दोलनमा प्रयोग हुने गीतहरु राजावादीहरुले दुरुपयोग गर्न थालेका छन् । पछिल्लो समय देशका विभिन्न भागहरुमा भइरहेको राजावादीहरुको राजतन्त्रको पक्षमा आयोजित प्रदर्शनमा जनता जुटाउन उनीहरुले गणतान्त्रिक चेतना भर्न जन्मिएका गीतहरु प्रयोग गर्न थालेका हुन् ।
लेखक गनेस पौडेल लेख्छन्, ‘राजावादीले चितवनको र्यालीमा आउन आव्हान गर्दै रेडियोमा विज्ञापन बजाएका रहेछन् । एकाबिहानै सुनेँ । विज्ञापन एउटा गीतमा टुङ्गिन्छ- “गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ …!” विडम्बना, बरा गीत पनि बलात्कृत हुन थालेछन् !’
राजावादीले चितवनको र्यालीमा आउन आव्हान गर्दै रेडियोमा विज्ञापन बजाएका रहेछन् । एकाबिहानै सुनेँ। विज्ञापन एउटा गीतमा टुङ्गिन्छ : “गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ …!”
विडम्बना, बरा गीत पनि बलात्कृत हुन थालेछन् !
— गनेस पौडेल (@GanessPaudel) December 2, 2020
श्याम तमोटको रचना रहेको ‘गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ बोलको गीत गणतन्त्र प्राप्तिको आन्दोलनमा अत्याधिक रुचाइएको र गाइएको गीत हो ।
उता, वरिष्ठ लेखक तथा वाम बुद्धिजिवी खगेन्द्र सङ्ग्रौलाले राजतन्त्रको पक्षमा भएका पछिल्लो प्रदर्शनमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको हात रहेको त छैन भन्दै आशंका व्यक्त गरेका छन् ।
उनले ओलीतर्फ संकेत गर्दै लेखेका छन्, ‘ओलीतन्त्रको कुशासन र भ्रष्टाचार देखेर जनता वाक्क भएको मौका छोप्दै इतिहासको रछ्यानमा मिल्किएका बराबिचरा राजावादी भिउँटहरू गणतन्त्रविरूध्द सडकमा कुर्लिराछन् । स्वतन्त्रताप्रेमी जनता शंका गर्छन्- यो गणतन्त्रविरोधी विष-बमनमा कतै बयडगाडे कान्छाको हात र साथ त छैन ? सही प्रश्न !’