आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
काठमाडौं, १७ मंसिर । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सयले बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार ५५० रुपैंयामा कारोबार भएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रहेको थियो । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सय नै बढेको थियो । बुधबार चाँदीको मूल्य प्रतितोला ११८५ कायम रहेको महासंघले जनाएको छ ।