नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित
काठमाडौं, १७ मंसिर । अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक जना इन्स्पेक्टर लाई निलम्बन गरेको छ ।
गृहमन्त्रालयले ट्राफिक प्रहरी कार्यालय, कर्णालीमामा रहंदा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षकहरु विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई निलम्बन गर्ने निर्णय गरेको हो । उनिहरुलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागी सिफारिस गरेको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार उनीहरुमाथि छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ ।