scheduleआइतवारमाघ ४ गते, २०७७

चन्द्रागिरी हिल्सको आइपीओ बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं, १७ मंसिर । आजदेखि चन्द्रागिरी हिल्सको आइपीओ बिक्री खुला भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि आइपीओ बिक्री खुला गरेको कम्पनीले जनाएको छ ।

चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८ सय १९ कित्ता आइपीओ जारी गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन ।

उक्त आइपीओमा काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३, ४, ५, ६, ७ र ८ का बासिन्दा र मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन पाउनेछन् ।

कम्पनीले जारी गर्न लागेको उक्त आइपीओमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay