आफू निकटका नेतासँगको परामर्शपछि बैठकमा सहभागी हुन ओली सहमत, बैठक २ बजे
काठमाडौं, १७ मंसिर । नेकपाको सचिवालय बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन्। प्रधानमन्त्री समेत रहेका ओली आफू निकटका नेतासँगको परामर्शपछि आजको बैठकमा सहभागी हुन तयार भएका हुन् ।
प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण बैठक २ बजेलाई सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्बाङले प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वनिर्धारित कार्यक्रमभन्दा एक घण्टा ढिलो बस्न लागेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री पनि सहभागी हुने बताए।
ओली आजको बैठकमा उपस्थित नभए पनि दाहाल–नेपाल समूह भने बैठक संचालन गर्ने तयारीमा जुटेको थियो।
मंगलबार करिब ३ घण्टा चलेको नेकपा सचिवालय बैठक बुधबार पुनः एक बजे बस्ने गरी सकिएको थियो।