नेकपा सचिवालय बैठक : ओली अनुपस्थित, अर्को बैठक मंसिर २० गते
काठमाडाैं, १७ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक केहीबेर बसेर मंसिर २० गते बस्ने गरी सकिएको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताताको कारण २ बजेका लागि सारिएको थियो । साढे दुई बजेसम्म पनि प्रधानमन्त्री ओली बैठकमा नआएपछि बैठक सुरु भएको थियो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका ७ नेता २ बजे नै बालुवाटार पुगेका थिए भने सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भने केही ढिला पुगेको एक सचिवालय सदस्यले जानकारी दिए ।
अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।