scheduleसोमवारमाघ ५ गते, २०७७

बुधबार थप १४९० जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडाैं, १७ मंसिर । नेपालमा बुधबार थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा थप ७२३ संक्रमित भेटिएका छन् जसअनुसार भक्तपुरमा ५८, ललितपुरमा ६१ र काठमाडौंमा ५३१ संक्रमित फेला परेका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको सख्या २ लाख ३६ हजार २४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ भने हालसम्म १५३८ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप १५६७ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख १८ हजार १६१ निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छन् । ६०५ जना क्वारेन्टाइनमा छन् । हालसम्म १७ लाख ५४ हजार ६३० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

यो पनि

बुधबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् पूरा विवरण

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay