scheduleसोमवारमाघ १२ गते, २०७७

नेपाल-भारत सीमाका भन्सार कार्यालयहरुमा रहेका प्रभुको एक्स्टेन्सन

काठमाडौं, १७ मंसिर । प्रभु बैंकले नेपाल-भारत सीमाका भन्सार कार्यालयहरुमा प्रभु एक्स्टेन्सन बिस्तार गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौं र प्रभु बैंक लिमिटेडको समन्वयमा नेपाल-भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु काउन्टर विस्तार गरिएको हो । बैंकका अनुसार भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व/भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् ।

सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौका तर्फबाट महानिर्देशक सुमन दाहाल र प्रभु बैंक लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बुधबार हस्ताक्षर गरेका हुन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नती हुने बैंकले विश्वास लिएको छ ।

यसबाट उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay