scheduleआइतवारमाघ ४ गते, २०७७

पौडेलको गिरफ्तारी सरकारलाई महंगो पर्ने नेविसंघको चेतावनी

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको विरोधमा कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

संघले बुधबार साँझ काठमाडौंको माइतिघरमा पौडेलको पक्राउको बिरोध गर्दै प्रदर्शन गरेको हो ।

उनीहरुले गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका थिए । उनीहरुले आफ्ना नेताको पक्राउ नियोजित, राजनीतिक प्रतिशोध भएको भन्दै सरकारको चर्को विरोध गरेका थिए ।

माइतिघरमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेपछि प्रहरी बल प्रयोग गरी हटाएको थियो ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले आफ्ना नेता पौडेललाई रिहा गरेरमात्र नहुने भन्दै प्रशासनले सार्वजनिक रुपमै माफी माग्नुपर्ने बताउदै माफी नमागे आन्दोलन जारी रहने चेतावनी दिए ।

सडक उद्घाटनको विषयलाई लिएर विवाद हुँदा पौडललाई तनहुँमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो । पौडेल रिहा भइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay