scheduleमगलवारमाघ १३ गते, २०७७

क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त

काठमाडौं, १७ मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

सन्दीपले सामाजिक सञ्‍जालमार्फत आफू कोरोनामुक्त भएको जनाएका हुन् । गत आइतबार श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका सन्दीपले १० दिनको आइसोलेसन बसाईपछि कोरोनालाई जितेका हुन् ।

अघिल्लो शनिबार सन्दीपलाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए ।

संक्रमणमुक्त भएसँगै सन्दीप अब बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक भने होबार्ट हुरिकेन्सबाट खेल्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay