सोमालियाली सेनाको कारवाहीमा परी ६ आतङ्ककारी मारिए
एजेन्सी, १७ मङ्सिर । सोमालियाको मारा आद्दे क्षेत्रमा सोमालिया राष्ट्रिय सेनाले गरेको कारवाहीमा परी अल शबाबमा ६ जना लडाकू मारिएका सेनाका कमाण्डरले बुधबार पुष्टि गरेका छन् ।
अल शबाबका लडाकू समूह जबरजस्ती अति बढी कर उठाएको आतंकको विरोध अभियान सुरु भएपछि ती लडाकहरुको विरोधमा सैनिक कारवाही शुरु भएको सोमालिया डिभिजनका कमान्डर मोहम्मद ताहिलले बताएका छन् ।
सेनाले ती लडाकू समूह लुक्ने ठाउँलक्षित गरी शुरु गरेको कारबाहीको क्रममा सेना र आतंककारीबीचको भएको भीषण झडपमा परी ६ जना अल शबाबका लडाकू मारिएका ताहिलले बताए ।
सेनाले तीन जना अल शबाब लडाकूहरूलाई पक्राउ गर्नुको साथै उनीहरूले प्रयोग गरेका अखाडाहरूलाई ध्वस्त पारेको बताइएको छ ।