scheduleआइतवारमाघ ४ गते, २०७७

पक्राउ परेको ३ घण्टापछि रिहा भए पौडेल

तनहुँ, १७ मङ्सिर । तनहुँको व्यासमा पुल उद्घाटन कार्यक्रममा पुगेका बेला पक्राउ परेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ ।

पौडेलसहित पक्राउ परेका काँग्रेस कार्यकर्ता सबैलाई प्रहरीले करिब ३ घण्टापछि रिहा गरेको हो ।

पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो त्यहाँ निषेधाज्ञा समेत जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि गएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको थियो ।

रिहापछि काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकाेमा आपत्ति जनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay