scheduleसोमवारमाघ १२ गते, २०७७

जुम्लाका सहायक प्रजिअलाई कोरोना, अत्यावश्यकबाहेकका सेवा बन्द

जुम्ला, १७ मङ्सिर । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

बुधबार प्रशासनले एक सूचना जारी गर्दै मंसिर १८ गते देखि २० गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जानकारी दिएको छ ।

‘संक्रमणको जोखिमलाई ध्यानमा राखेर प्रशासनको सेवा बन्द गरिएको हो,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भने, ‘अन्य कर्मचारीको कन्ट्र्याक ट्रेसिङ गरिसकेपछि मात्र कार्यालयको नियमित काम सुरु गर्नेछौँ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay